युएईमा गल्फ स्पाइसी नेपाली रेस्टुरेन्ट उदघाटन

Posted on: 22 Jan, 2017


आर.पी.सिर्जन/माघ ९, युएई । युएई स्थित नेपाली राजदुताबासका कार्यबाहक राजदुत नेत्र बहादुर टन्डनको प्रमुख आतिथ्यमा गल्फ स्पाइसी नेपाली रेस्टुरेन्ट उदघाटन भएको छ । 

युएईको अज्मानस्थित जर्फमा नेपालमा झापा घर भएका लक्ष्मण गीरिको गल्फ स्पाईसी रेस्टुरेन्ट को सुरुवात गर्नुभएको हो । ऊक्त समारोहमा नेपाली समाज युएई का अध्यक्ष सिपी सापकोटा, पत्रकार र झापाली समाज युएईका प्रतिनिधीहरु प्रथम उपाध्यक्ष दिपक बस्नेत, निबर्तमान अध्यक्ष मोहन सिवाकोटी,सचीव पारस लामा र अन्य दुबई क्षेत्रीय समितिका पदाधिकारी सहित करिव २०० जना नेपालीहरुको ऊपस्थिति रहेको थियो । 

संचालक गिरीको उक्त रेस्टुरेन्टमा सबै प्रकारका नेपाली परिकारहरु पाऊनुको साथै बिभिन्न लेबर क्याप हरुमा दैनीक ३००/४०० जनालाई क्यट्रिङको सेवा दिन सकिने र अहिले पनि कन्ट्रयाक गरिसकेको उहाँले बताउनुभयो । 


साथै ब्याबसाय संचालनमा सहयोग पुर्याउनु हुने साथीहरु इन्द्र पुरी, बासु आचार्य, युबराज पौडेल, जनार्दन शर्मा र नीर बहादुर गिरिको हमेसा साथ सहयोग रहेको बताउनु भयो । नेपाली हरु को बैदेशीक रोजगारी को एक प्रमुख गन्तव्य मा पर्ने युएई श्रम को खोजी मा युएई आईपुगेका नेपाली हरु पछिल्लो समय व्यापार व्यबसाय तिर निक्कै आकर्षित देखिएका छन सुरक्षित लगानी र नेपाली हरुको बढ्दो जनसङ्ख्या ले गर्दा नेपाली हरु प्रति लक्षित गरेर खोलीने व्यवसाय मा रेस्टुरेन्ट व्यवसाय निक्कै राम्रो मानिन्छ ।

यसरी नेपालीहरुले बिस्तारै ब्याबसाय बढाउँदै लग्दा नेपाली प्रति हेर्ने अरु देशका मान्छेको दृष्टीकोण पनि उच्च हुँदै जाने गरेको छ । गल्फ स्पाईसीमा ९ जनाले रोजगारी पाउनुका साथै त्यो क्षेत्रमा भएका धेरै नेपालीले आफ्नो घरको स्वादको परिकार खान पाउने हुँदा मख्ख छन् ।


यस बिषयमा तपाइको प्रतिक्रिया...!