बेल्डाँडीमा पहिलो पटक सामाजिक परिक्षण

Posted on: 31 Jan, 2017

विमल धामी/माघ १८, कञ्चपनुर । कञ्चनपुर जिल्लाको दक्षिणी क्षेत्र बेल्डाँडी नगरपालिकामा मंगलवार पहिलो पटक सामाजिक परिक्षण प्रारम्भिक प्रतिवदेन प्रस्तुति कार्यक्रम सम्पन्न भएको छ । 

बेल्डाँडी नगरपालिकाको आयोजनामा साझेदारी विकास परियोजना अन्र्तगत नेपाल राष्ट्र समाज कल्याण संघ र गोगो फाउण्डेशनको सहयोगमा बेल्डाँडीमा पहिलो पटक सामाजिक परिक्षण प्रारम्भिक प्रतिवदेन प्रस्तुति कार्यक्रम सम्पन्न गरिएको बेल्डाँडी नगरपालिकाले जनाएको छ ।  

 बेल्डाँडी नगरपालिकाका कार्यकारी अधिकृत गणेश दत्त भट्टले भने न्यूनतम शर्त मापन तथा कार्यसम्पादन मूल्यांकन ९mअऊ०मा उत्तीर्ण हुन पनि यो कार्य स्थानिय निकायले अनिवार्य गर्नु पर्ने हुन्छ तर बेल्डाँडी नगरपालिकाको आफ्नै आन्तरिक समस्या भएका कारणले यस्तो कार्यक्रम गर्नमा ढिला भएको जानकारी गराए । 

गोगो फाउण्डेशनका प्रमुख प्रशिक्षक वेदप्रशाद चौधरीले भने यो कार्यक्रममा नगरपालिका तथा गाविसले गत वर्ष भन्दा यो वर्ष कस्तो जन सुविधा दियो या कस्ता कृयाकलाप गर्यो, योजना कसरी कार्र्यान्वयन भए भन्ने बारेमा अनुसन्धान गरि सरोकारवालाहरु संग छलफल चलाई सामाजिक परिक्षण प्रारम्भिक प्रतिवेदन प्रस्तुतु गर्नु पर्ने बताए । 

उनले भने यसो गर्नाले सबै सरोकारवालाहरुलाई फाईदा हुने जनाए । कार्यक्रममा बेल्डाँडी राजनिक दलका प्रतिनिधि, वडानागरिक मञ्चका प्रतिनिधि,नागरिक सचेतना केन्द्रका प्रतिनिधि लगायत सरोकारवालाहरुको बाक्लो उपस्थिति रहेको थियो । 

पहिलो पटक यस्तो कार्यक्रम बेल्डाँडीमा भएकोले स्थानिय वासीहरुले सहयोगि सस्थाहरुलाई धन्यवाद दिएका छन् । 


यस बिषयमा तपाइको प्रतिक्रिया...!