मेरो डान्स कप युएसए २०१७’ इपिसोड (कथाभाग) ५ को भिडियो सार्बजनिक

Posted on: 27 May, 2017


विजय थापा | वाशिंगटन डीसी | मेरो डान्स कप युएसए २०१७’को ईपिसोड़ (कथाभाग) ५ को भिडियो सार्बजनिक भएको छ | कार्यक्रम गत महिना अप्रिल २८ देखि सुरु भएको हो भने अन्तिम समापन (ग्रान्ड फिनाले) अगस्त १२ तारिख शनिबार अमेरिकाको ओहायोमा हुने छ |

इपिसोड (कथाभाग) ५ मा जम्मा २५ प्रतियोगी पुग्न सफल भएका छ भने यस बाट पुन २० जना छनौट हुने छन् | आगामी जुलाई ८ देखि प्रत्यक्ष प्रतियोगिता हुने छ | 

यसै गरि जुलाई २८ तारिखमा उत्कृष्ट ५ जना मतदानद्वारा छनौट हुने छन् भने अगस्त १२ तारिखमा प्रथम देखि पाँचौ स्थानसम्म विजेताको घोषणा गरिने छ । 

एमडिसी युएसए २०१७ नृत्य प्रतियोगिताको लागि निर्णायकहरूमा नेपाली चलचित्रका नायक दिलीप रायमाझी, डीबी गुरुङ तथा मञ्जु भुजेल रहने छन् | 


यस बिषयमा तपाइको प्रतिक्रिया...!