खुल्ला दिशा मुक्त क्षेत्रको लागि अभियान

Posted on: 27 May, 2017


जेठ १३, (चन्द्रौटा) कपिलवस्तु | कपिलवस्तुका साविक अधिंकाश गाविशहरु खुल्ला दिशा मुक्त क्षेत्र घोषणा भईरहेका थिए तर नया संरचना आएसगै अव विभिन्न वडाहरु वाट अभियानलाई तिव्र रुपमा अगाडि वढाईएको छ । जिल्लाको साविक पत्थरदेहिया गाविश तथा हाल विजयनगर गाउपालिका अन्तरगत वडा न ३ र ४ लाई खुल्ला दिशा मुक्त घोषणा गर्न सरसफाई दस्ता तयार गरिएको छ ।

सरसफाई दस्ताले वडा न ४ का  म्युजिनिया, देउपुरा, महिलावार, डगडउवा लगायतका गाउमा पुगि शौचालय निमार्ण अभियान  तिव्र परिएको छ ।

विजयनगर गाउपालिकाका कार्यकारि अधिकृत रविन्द्र चौधरिले स्थानिय वासिहरु लाई सवैले आ आफ्नो घरमा छिटो भन्दा छिटो शौचालय निमार्ण गरि खुल्ला दिशा मुक्त क्षेत्र वनाउन सहयोग गर्न अनुरोध गर्नु भयो ।

पश्चिम नेपाल ग्रामिण खानेपानि तथा सरसफाई परियोजना दोस्रो चरण अन्तरगत सो साविक गाविसलाई खुल्ला दिशा मुक्त गर्न विभिन्न चेतनामुलक कार्यक्रम भईरहेको जिल्ला समन्वय समिति कपिलवस्तुका वास सहजकर्ता अर्जुन वेल्वासेले वताए । ६० प्रतिशत भन्दा धेरै शौचालय वनिसकेकोले अव  सवै मिलि वाकि रहेका शौचालय निमार्ण गर्नुपर्नेमा सहजकर्ता वेल्वासेले जोड दिए ।

- माधव बेल्वासेको सहयोगमा 

यस बिषयमा तपाइको प्रतिक्रिया...!