एनआरएन बेल्जियमको अध्यक्षमा सन्तोष जोशीको उम्मेद्वारी दिने घोषणा

Posted on: 16 Jun, 2017

बिजय शर्मा दर्पण | असार २, स्वीटजरल्याण्ड । नेपाल र नेपालीको लागि भन्ने एनआरएनएको मुख्य उद्देश्य अनुरुप बेल्जियम बाशी नेपालीहरुको लागि केहि गर्ने सोच सहित एनआरएन बेल्जियमको अध्यक्षमा सन्तोष जोशीले उम्मेद्वारी दिने घोषणा गरेका छन ।

गैर आवसीय नेपाली संघ (एन आर एन ए ) बेल्जियमको आगामी दुइ बर्षको कार्यकालको लागि हुने निर्वाचनको चहलपहल व्यापक रुपमा हुन थालेको छ ।

बेल्जियममा लगभग ६ हजार देखि ७ हजार ( अन्दाजी ) नेपालीहरुको बसोबास रहेकोमा १५ -१७ कार्यकालमा २१०० मतदाता रहेका थिए भने अहिले झन् बढ्ने सम्भावना रहेको बेल्जियम निवासी पत्रकार ओम शर्माले  जानकारी दिनु भयो ।

पर्बत जिल्लाको कुश्मा नगरपालिकामा जन्मनु भएका जोशी बिगत १७ बर्ष देखि बेल्जियम बस्दै आउनु भएको छ । २००६-२००८ मा गैर आवासीय नेपाली संघ बेल्जियमको  महा – सचिब समेत रहेका थिए । साथै नेपाली जनसम्पर्क समिति बेल्जियमका अध्यक्ष समेत भैसकेका सन्तोष जोशी अति नै मिलनसार , शालीन तथा सामाजिक व्यक्तित्वको रुपमा आम बेल्जियमबासी नेपालीहरुको मन मस्तिष्कमा बस्न सफल व्यक्ति हुन् । 

डेढ दसकको बेल्जियम बसाईमा  आफुले सधैं नेपाली समुदायको एकता र उन्नतिको लागि काम गरेको जानकारी दिनु भयो ।  अब एनआर एन ए बेल्जियमको नेतृत्व लिएपछि पनि  नेपाली समाजलाई अग्रगामी बाटोमा हिंडाउन आफुले पाएको सामाजिक कामको अनुभब र उर्जा लगाउदै संस्थालाई मजबुत बनाउने लक्ष्य रहेको बताउनु भयो । 

उनले एन आर एन ए बेल्जियमको नेतृत्वमा रहेर मुख्य दुई कामहरु: दिर्घकालीन र आपतकालीन सामाजिक कामहरु गर्ने कुरा बताए । 

दिर्घकालीन कामहरुमा भने नेपालको विकाससंग सम्बन्धित काम र बेल्जीयम बासी नेपालीहरुमा भैपरी आउने समस्या समाधानमा सहयोग गर्ने कामहरु रहेका छन ।आजसम्म बेल्जियमबाट सिकेको ज्ञान ,सीप, क्षमताको आधार र लामो समय बेल्जियम बसाइ अनुभवले आफु योग्य तथा सक्षम उम्मेद्वार भएको दाबीसहित विजय हुने सुनिश्चित भएको भन्दै उम्मेद्वारी दर्ता गर्ने जोशीले बताए ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!