प्रेस युनियन युएई शाखा गठन

Posted on: 22 Jul, 2017

साउन ७, युएई | युएईमा क्रियाशिल लोकतन्त्रवादी पत्रकारहरुको भेलाले नेपाल प्रेस युनियन युएई शाखा गठन गरेको छ । भेलाले नारायण भुर्तेलको अध्यक्षतामा सात सदसीय तदर्थ समिति गठन गरेको छ । समितिको उपाध्यक्षमा दुशबी भट्टराई, सचिव राम कुमार परियार, सह-सचिव माधब प्रसाद न्यौपाने र कोषाध्यक्षमा कमल न्यौपाने रहेका छन ।

त्यस्तै सदस्यहरुमा शिव दत्त शुवेदी र हरि खड्का चयन भएका छन । नेपाल प्रेस युनियन केन्द्रिय समितिको २०७४ जेठ २२ गते बसेको बैठकले नेपाल प्रेस युनियन युएई शाखा अनुमोदन गरेको थियो । 'नेपाल प्रेस युनियनको विदेश शाखा पहिलो पटक युएईमा गठन गर्न सफल भएको र युएईमा रहेका अन्य नेपाली समुदाय र संस्थासंग हातेमाले गर्दै अघि बढ्ने अध्यक्ष भुर्तेलले बताएका छन । युएईमा कृयाशिल पत्रकारहरुको हक हितका लागि नेपाल पत्रकार महासंघ युएई शाखासँग सहकार्य गर्दै अगाडि बढ्ने समेत भुर्तेलले जानकारी दिएका छन ।

सोही अवसरमा युनियनले जननेता वीपी कोईरालाको ३५ औ स्मृति दिवस समेत मनाएको छ ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!