युएसएकेएफ राष्ट्रिय कराते खेल प्रतियोगितामा उज्ज्वललाई रजत पदक

Posted on: 31 Jul, 2017


साउन १६, अमेरिका । गत शनिबार २९ जुलाई २०१७ का दिन अमेरिकाको युएसएकेएफ राष्ट्रिय कराते खेलमा उज्ज्वल ठकुरीलाई रजत पदक प्राप्त गरेका छन् l 

उक्त युएसएकेएफ राष्ट्रिय कराते खेल प्रतियोगिता डबलट्री होटल कोगर सेन्टर रिचमण्ड भर्जिनियामा सम्पन्न भएको थियो । सो उक्त खेलमा ३५ देखी ४४ बर्षको अग्रिम (एडभान्स )भिडन्त समुहमा उज्ज्वल ठकुरी द्वारा पहिलो चोटि सहभागि भएका थिए ।

उक्त अमेरिकन कराते महा संघ fद्वारा आयोजित उक्त खेलमा उज्ज्वल ठकुरी ले राष्ट्रिय बिजेता संग फाइनल खेल पराजित भै दोस्रो स्थानको साथसाथै रजत पदक हात पार्न सफल भएको छ ।

उज्ज्वल ठकुरीले नास्का र ईस्का अनी कुरोबुशी विश्व वर्ग दर्जा जस्ता करातेमा र एचके ली राष्ट्रिय ताइक्वान्दोमा १६ वटा स्वर्ण पदक प्राप्त गरेका छन् l यसको साथै  बिभिन्न क्षेत्र जस्मा "काता" भिडन्त " ब्रेअकीङ् अनी स्पेसल प्रदर्शन पाउनुको साथ साथै आफुले नै निर्माण गरेको "फाङ् काता " फाङ् खुकुरी काता " फाङ् ब्रेअकिङ्मा" समेतमा स्वर्ण पदक हात पारी सकेको छन भने २ वटा गिनिस वर्ल्ड रेकर्ड्सको परीणामको पर्खाइमा छन् l 

युएसएकेएफ राष्ट्रिय खेलमा उज्ज्वल ठकुरीको पहिलो भिडन्त थियो जस्मा रजत पदक हात पारेर नेपाल देश चिनाउन सफल भए ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!