दुबईमा संसारकै अग्लो अर्को होटल खुल्यो, पुरानो रेकर्ड तोडियो

Posted on: 13 Feb, 2018

एजेन्सी | सबैलाई थाहा छ कि दुबईमा संसारकै सबैभन्दा अग्लो बुर्ज खलिफा (८२८ मीटर) । अब दुवईमै संसारकै अग्लो होटल पनि खुलेको छ । यस अघि पनि संसारकै अग्लो होटलको रेकर्ड दुबईसँग नै थियो । 

दुबईमा संसारकै सबैभन्दा अग्लो होटल, जसको नाम हो गेवोरा । यो होटल ३५६ मीटर अग्लो छ । होटल गेवोरा बनाएर दुबईले आफ्नै रेकर्डलाई तोडेको छ । गेवोराको उचाई यस अघि अग्लो रेकर्ड बनाएको होटल जेडब्ल्यू म्यारिएट्स मार्किसको उचाई भन्दा एक मीटर बढी अग्लो छ । जेडब्ल्यू म्यारीएट मार्किसको निर्माण २०१३ मा गरिएको थियो । 


होटल गेवोरामा सुनबाट बनेको ७५ स्थान छन् । यसमा ५२८ कोठा छन् । हरेक कोठा यूनिक (छुट्टा-छुट्टै) स्टाइलमा डिजाइन गरिएको छ । होटल गेवोरा दुबईको शेख जायद रोडस्थित दुबई इन्टरनेशनल फाइनान्स सेन्टरसँगै छ । यसको निर्माण  निर्माण मजिद अल अत्तरले गरेका हुन् । 


यस बिषयमा तपाइको प्रतिक्रिया...!