काँग्रेसको कार्यालयमा बम विस्फोट

Posted on: 23 Aug, 2018

भदौ ७, पश्चिम बङ्गाल | भारतको पश्चिम बङ्गाल राज्यको मकरामपुर जिल्लामा रहेको त्रिणमूल काँग्रेसको कार्यालयमा बम विस्फोट भएको छ । विस्फोटमा परी एक व्यक्तिको मृत्यु हुनुको साथै अन्य दुई गम्भीर घाइते भएका छन् । 

घटनामा ज्यान गुमाएका र घाइते व्यक्तिहरुको तत्काल परिचय भने खुलेको छैन । स्थानीय समयानुसार बिहीबार बिहान १० बजे भएको यस घटनामा घाइते भएका व्यक्तिहरुलाई सोही इलाकामा रहेको अस्पतालमा भर्ना गरिएको छ । 

पार्टी कार्यालयमा घरेलु बम पड्काइएको हो वा ग्यास सिलिण्डरविस्फोट भएको हो स्पष्ट हुन सकेको छैन । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!