भारतमा सवारी दुर्घटनामा परी एकै परिवारका ४ नेपालीको मृत्यु

Posted on: 22 Oct, 2018

कात्तिक ५, काठमाडौं । भारतमा भएको गाडी दुर्घटनामा एकै परिवारका ४ नेपालीको मृत्यु भएको छ भने तीन जना घाइते भएका छन् ।

गोरखपुरबाट वारणासीतर्फ गइरहेका बेला राजादेपुर गाउँमा उनीहरु चढेको कारलाई अर्को गाडीले सोमबार ठक्कर दिएको प्रहरीले जनाएको छ ।

दुर्घटनामा मृत्यु हुनेमा ४१ वर्षका नविन श्रेष्ठ, उनकी पत्नी अञ्जली, बुबा गोरख श्रेष्ठ र भाइ उपेन्द्र रहेको प्रहरीलाई उधृत गर्दै भारतीय सञ्चारमाध्यमले जनाएको छ । दुर्घटनामा मृत्यु हुनेहरु सिन्धुली जिल्लाका रहेका छन्।

दुर्घटनामा घाइते हुनेमा दुई जना सोही परिवारका महिला सदस्य र कार चालक रहेको प्रहरीले जनाएको छ । उनीहरुको स्थानीय अस्पतालमा उपचार भइरहेको छ ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!