दीपावलीको मौका छोपेर मलेसियामा ‘सेक्स पार्टी’, ४५ जना पक्राउ (तश्वीर सहित)

Posted on: 09 Nov, 2018

कात्तिक २३, मलेसिया | दीपावलीको मौका छोपेर ‘ड्रग्स तथा सेक्स पार्टी’ आयोजना गर्ने ४५ जना युवालाई मलेसियाको प्रहरीले पक्राउ गरेको छ । 

सेरदाङ प्रहरीका असिस्टेन्ट कमिस्नर इस्मादी बोरहानका अनुसार क्वालालम्पूरको दक्षिणमा पर्ने सेरी केम्बानगानबाट लागुऔषध सेवन गरी अश्लील कार्यमा संलग्न युवाहरुलाई पक्राउ गरेको हो । बोरहान भन्छन्, ‘हामीले १४ वर्षदेखि २६ वर्षसम्मको उमेरसमहूका ४५ जनालाई पक्राउ गरेका छौ । तीमध्ये ३३ जनाले गाँजा र अन्य लागुऔषध सेवन गरेको प्रमाणित भएको छ ।’


इस्मादीका अनुसार यो समूहले पहिले पनि यस्तै पार्टीको आयोजना गर्दै आएको थियो । 

उनका अनुसार त्यस पार्टीमा सहभागी हुने प्रत्येक व्यक्तिबाट ६० रिंगिट लिइन्थ्यो । लागुऔषध लिन चाहनेका लाथि थप शुल्क तिर्नु पर्दथ्यो । 


त्यति मात्रै होइन, पार्टीमा जानेहरु अश्लील क्रियाकलापमा समेत संलग्न भएका थिए । पक्राउ परेकामध्ये ९ जना माध्यमिक तहका विद्यार्थी भएको प्रहरीले बताएको छ ।

प्रहरीले पार्टी भएको ठाउँमा यौन शक्तिवद्र्धक चक्कीहरु समेत बरामद गरेको जनाएको छ । पछिल्लो समय मलेसियाका युवाहरुमा लागुऔषध दुर्व्यसनी बढ्दै गएको छ ।


- द डेली स्टारबाट

यस बिषयमा तपाइको प्रतिक्रिया...!