आज कतार उड्दै प्रदेश ३ का मुख्यमन्त्री पौडेल, किन जाँदैछन् कतार ?

Posted on: 25 Nov, 2018

मङ्सिर ९, हेटौंडा | प्रदेश नम्बर ३ का मुख्य मन्त्री डोरमणि पौडेल आज कतार उड्दै छन् । छिमेकी मुलुक चीनले अगाडि बढाएको  ‘बेल्ट एण्ड रोड’ इनिसिएटिभ्स (बीआरआई) सम्मेलनमा सहभागी हुनका लागि मुख्यमन्त्री पौडेल कतार जान लागेका हुन् । 

मुख्यमन्त्री पौडेल आज राति ११ बजे कतार उड्न लागेको उनका प्रेस संयोजक प्रकाश दाहालले जानकारी दिएका छन् । मुख्यमन्त्री पौडेल कतारका अर्थमन्त्री अहमद विन जसिम विन मोहमद अल्थानीको निमन्त्रणामा कतार जान लागेका हुन् । पौडेलसँगै प्रदेशका उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री अरुण नेपाल चार दिने भ्रमणका लागि कतार जाँदै छन् । 

कतार र चीनको राजनीतिक सम्बन्ध स्थापना भएको ३० औं वर्षको अवसरमा कतारको राजधानी दोहामा सम्मेलन हुन लागेको हो । 

कतारमा रहदा नेपालबाट गएको मुख्यमन्त्री पौडेल सहितको टोलीले सांस्कृतिक संचार, आर्थिक र व्यापार सहयोगबारे छलफल गर्नेछन् । सम्मेलनमा कतार, संयुक्त राज्य, बेलायत, दक्षिण अफ्रिका, टर्की, ओमान, कुवेत, नेपाल, लाओस, स्पेन, सिंगापुरलगायत देशबाट चार सय भन्दा धेरै सरकारी अधिकारी, वक्ता, विशेषज्ञ सहभागी हुनेछन् । उक्त भ्रमण टोली मंसिर १३ गते स्वदेश फर्कने कार्यक्रम रहेको छ । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!