विदेशमा अलपत्र नेपालीलाई भारतले गर्यो उद्दार

Posted on: 25 May, 2020

जेठ १२, काठमाडौं । अष्ट्रेलियामा अलपत्र परेका तीन जना नेपालीलाई भारतले उद्धार गर्ने क्रममा दिल्ली ल्याएको छ । भारतले अष्ट्रेलियामा अलपत्र आफ्ना नागरिकलाई उद्धार गर्ने क्रममा तीन जना नेपालीलाई पनि नयाँदिल्ली ल्याएको हो ।

कास्की घर भएका अर्जुन प्रसाद तिमिल्सिना, विश्व तिमिल्सिना र मुक्तिप्रसाद तिमिल्सिनालाई भारतीय नागरिकहरुसँगै नयाँदिल्ली ल्याइएका छन् । उनीहरु बाबु–छोराहरु हुन् । एकजना छोरा बोनम्यारो सम्बन्धी विरामी छन् । अर्का छोराले बोनम्यारो दान गर्नेछन् भने बुवालाई उनीहरुको हेरचाहका लागि ल्याइएको हो ।

माथिको तश्वीरमा: बोनम्यारो सम्बन्धी विरामी अर्जुन तिमल्सिना (Photo: NRNA QLD) 

पिडित अर्जुन तिमल्सिना ४ महिना भन्दा बढी अष्ट्रेलियाको दक्षिण ब्रिस्बेनको मेटर अस्पतालमा उपचाररत थिए । उनले त्यहाँ केमोथेरापी पूरा गरेंका थिए । उनलाई जतिसक्दो चाडो बोनम्यारो प्रत्यारोपण गर्नुपर्ने थियो । लामो समयको लकडाउनको कारण उनि नेपाल आउन नपाएपछि उनले अष्ट्रेलिया स्थित दुतावाससँग सहयोग मागेका थिए । बोनम्यारो प्रत्यारोपणको लागि उनले आफ्नो कान्छोभाईलाई अष्ट्रेलिया बोलाएका थिए । उनको उपचारका लागि नेपालीहरुले सहयोग समेत गरेका छन् ।

पिडित अर्जुन तिमल्सिना ४ महिना भन्दा बढी अष्ट्रेलियाको दक्षिण ब्रिस्बेनको मेटर अस्पतालमा उपचाररत थिए । उनले त्यहाँ केमोथेरापी पूरा गरेंका थिए । उनलाई जतिसक्दो चाडो बोनम्यारो प्रत्यारोपण गर्नुपर्ने थियो । लामो समयको लकडाउनको कारण उनि नेपाल आउन नपाएपछि उनले अष्ट्रेलिया स्थित दुतावाससँग सहयोग मागेका थिए ।

अष्ट्रेलियामा बोनम्यारो प्रत्यारोपण गर्नुपर्ने अवस्थाको बिरामी भएकाले अष्ट्रेलियास्थित नेपाली दूतावासकै अनुरोधमा उनीहरुलाई दिल्लीसम्म ल्याइएको भारतीय दूतावासले जनाएको छ । उद्दार गरिएका उनीहरुले बोनम्यारोको उपचार भारतकै बीएलके अस्पतालमा उपचार गर्नेछन् । तीनैजना नेपालीमा कोरोना संक्रमण परीक्षण गरि भारत ल्याइएको छ । 

भारतले आफ्ना नागरिकहरुको उद्धार गर्ने क्रममा इन्डोनेसियामा अलपत्र चितवनकी एक नेपाली विद्यार्थीलाई पनि उद्धार गरेको छ । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!