एनआरएन कतारद्वारा सत्रौ चरणको खाद्यान्न वितरण

Posted on: 13 Jun, 2020

योगेन्द्र योगी | जेठ ३१, दोहा | बिश्वब्यापी रुपमा देखा परेको कोरना भाइरस (कोभिड १९) नियन्त्रणमा कतार सरकारले चालेको विभिन्न साबधानी कदमहरुको पालना गर्ने क्रममा यहाँ रहेका नेपाली श्रमिकहरुमा देखा परेका समस्याहरुलाई समाधानका निम्ति गैर आवासिय नेपाली संघ राष्ट्रिय समन्वय परिषद कतार द्वारा गठित उद्दार तथा राहत बितरण समितीद्वारा कतार सरकार गृह मन्त्रालय मार्फत कतार च्यारिटीबाट प्राप्त तथा कतारमा स्थापित नेपाली संघ सस्थाहरुबाट प्राप्त खाद्यान्न वितरण गरेको छ । 

एनसीसी कतारको श्रमिक कोषद्वारा उपलब्ध भएको खाद्यान्नको राहत प्याकेज सत्रौ चरणमा कतारको विभिन्न ठाउँमा खाद्यान्नको समस्यामा रहेका ५४७ जना कोरोना पीडित नेपाली श्रमिकहरुलाई राहत स्वरुप खाद्यान्न वितरण गरिएको उद्दार समितिका संयोजक तथा एनआरएनए कतारका प्रथम उपाध्यक्ष उत्तम गुरुङले जानकारी दिएका छन् । 


कार्यक्रममा प्रत्यक्ष सहभागी नेपाली दूतावास परिवार, आईसीसी सल्लाहकार टि बि कार्की,आईसीसी मध्यपुर्ब सम्योजक प्रबिण गुरुङ्ग , आईसीसी सदस्य रमेश भट्ट ,एनसीसी अध्यक्ष मोहम्मद मुक्तदा मुसलमान, एनसीसी उपाध्यक्ष कुमार खड्का र एनसीसी महासचिव पदम गिरी लगायतको उपस्थिति रहेको थियो । 

कोरोनाको कारणले कतारमा रहेका नेपाली दाजुभाई तथा दिदीबहिनीहरूलाई खाना सम्बन्धी कुनै समस्या भए एनआरएनए कतारले उपलब्ध गराएको टेलिफोन नम्बर र ईमेल मार्फद पनि सम्पर्क गर्न अनुरोध गरिएको संयोजक गुरुङ्गले बताए । 


यस बिषयमा तपाइको प्रतिक्रिया...!