अमेरिकाको ग्रिन कार्ड डिसेम्बरसम्मका लागि निषेध, वर्किङ भिसामा अस्थायी प्रतिबन्ध

Posted on: 23 Jun, 2020

असार ९, वासिङ्टन।अमेरिकी सरकारले प्रदान गर्दै आएको ग्रीन कार्ड स्थगितको म्यादलाई लम्ब्याएको छ। साथै, H-1B र H-4 वर्किङ भिसालाई पनि चालु वर्षका लागि निषेध गरेको छ।

सोमवार अमेरिकी सरकारले यस्तो निर्णय गरेको हो। दुई दिन अघिमात्र अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले विदेशबाट काम गर्न आउनेमाथि रोक लगाउने तयारी गरिएको बताएका थिए।

सोमवारबाट लागू गरिएको नियम त्यहाँ रहेर काम गरिरहेका र अमेरिकी भिसा म्याद भएकामाथि लागू नहुने बताइएको छ । अमेरिकामा अध्ययनका लागि गएका विद्यार्थीहरुले पाउने अप्सनल प्राक्टिकल ट्रेनिङलाई भने यसले कुनै असर नपर्ने बताइएको छ।

एउटा कम्पनीबाट अर्को कम्पनीमा काम गर्न पाउनेगरी जारी भएको L1 भिसा र विशेषगरी चिकित्सक तथा अनुसन्धानकर्ताले व्यापक रूपमा पाउँदै आएको J1 भिसामा पनि रोक लगाइएको छ। तर, कोरोना पेन्डामिकसँग जोडिएका रोजगारीको हकमा भने यो लागू हुने छैन।

यी सबै निर्णयहरु राष्ट्रपति ट्रम्पले आगामी डिसेम्बर ३१ सम्मका लागि लागू हुने जनाइएको छ । यो निर्णयबाट ५ लाख २५ हजार अमेरिकीको रोजगारी सुनिश्चित हुने अमेरिकी सरकारको दावी छ ।


यस बिषयमा तपाइको प्रतिक्रिया...!