अभियुक्त १९ जना चिकित्सक जिप्रका झापाको सम्पर्कमा

Posted on: 24 Jul, 2016

साउन–९, भद्रपुर  । अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा छानबिनका लागि परेका झापाका १९  चिकित्सकमा १८ जना जिल्ला प्रशासन कार्यालय झापाको सम्पर्कमा आइसकेका छन् ।

आयोगमा मेची अञ्चल अस्पतालका छ र अन्य संस्थाका १३  चिकित्सकमाथि उजुरी परेको थियो । उजुरीका आधारमा छानबिनमा परेका ती चिकित्सकमा भुटानी डिके आचार्य बाहेक सबै चिकित्सक आआफ्ना प्रमाणपत्र सहित कार्यालयको सम्पर्कमा आइसकेका छन ।  उनीहरुको प्रमाणपत्र छानबिन सम्बन्धित निकायले गर्ने भनिएको छ । रासस


यस बिषयमा तपाइको प्रतिक्रिया...!