बहराइनको राजपरिवारका सदस्य सहितको टोलीले गरे मनास्लु आरोहण

Posted on: 15 Oct, 2020

असोज २९, काठमाडौँ | बहराइनको राजपरिवारका एक सदस्य सहितको टोलीले आज मनास्लु हिमालको सफलता पूर्वक आरोहण गरेको छ । 

उक्त टोलीले आज बिहान ६ बजेर १० मिनेटमा ८ हजार १ सय ५६ मिटर अग्लो मनास्लु सफलतापूर्वक आरोहण गरेको हो । बहराइन स्थित नेपाली दुतावासले एक विज्ञप्ति जारी गर्दै उक्त टोलीलाई बधाई दिएको छ ।


उक्त टोली लोबुचे र मनास्लु हिमाल आरोहणको उदेश्य सहित गत १६ सेप्टेम्बर २०२० का दिन बहराइनबाट नेपाल प्रस्थान गरेको थियो । लकडाउनपछि यो सिजनमा हिमाल आरोहण गर्ने पहिलो उक्त टोलीले गत ३ अक्टोबर २०२० का दिन ६ हजार १ सय १९ मिटर अग्लो लोबुचे हिमाल समेत सफलतापूर्वक आरोहण गरिसकेको थियो । 


सोहि टोलीले आगामी बसन्त ऋतुमा सगरमाथा आरोहण गर्ने पूर्व तयारी गर्नेछ । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!