कोरोना भाइरसका कारण विदेशमा थप २ नेपालीको मृत्यु,मृतकको संख्या कति पुग्यो ?

Posted on: 17 Jan, 2021

माघ ४, काठमाडौँ । विश्व महामारीको रुपमा फैलिएको कोरोना भाइरसका कारण विदेशमा मृत्यु हुनेको संख्या ३ सय १९ पुगेको छ । पछिल्लो समय थप २ जना नेपालीको मृत्यु भएसंगै मृत्यु हुनेको संख्या  ३ सय १९ पुगेको हो । 

यो साता युकेमा  १ जना र साउथ अफ्रिकामा १ जनाको  मृत्यु भएको गैरआवासीय नेपाली संघले जनाएको छ । शनिवार साँझसम्म विभिन्न  ५० देशमा रहेका ५४ हजार ५ सय ९१ जना नेपालीमा कोरोना संक्रमण देखिएको संघको स्वास्थ्य समितिले जनाएको छ । 

ती मध्ये ५२ हजार ९ सय ४५ जना कोरोना मुक्त भएका छन् । यो साता बेलायत, जापान, साउथअफ्रीका लगायत मध्यपूर्वमा रहेका थप नेपालीहरुमा कोरोना संक्रमण पुष्टि भएको हो ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!