मलेसियामा एक नेपालीलाई हतियारधारीले तीन तला माथिबाट फालिदिए

Posted on: 06 Aug, 2016


साउन २२, काठमाडौं । मलेसियामा एक नेपालीको हत्या भएको छ । सुनसरीको इटहरी घर भएका ३२ वर्षीय नगेन्द्र चौधरीको शुक्रबार दिउँसो करीब १२ बजे हत्या भएको हो ।

सुनसरी जिल्ला ईटहरी न.पा.सात घुडकी निवासी बाबु आरसि चौधरी र आमा नयन चौधरी को एक्लो छोरा नगेन्द्र चौघरी डमरु ओभरसिज, कोटेश्वर वाट विगत दुईवर्ष दुई महिना अघि मलेसियाको पासिर गुडाङग, आयरविरुमा अवस्थित कोर्नक ईण्डष्टरी भन्ने कम्पनीमा रोजगारीको शिलशिला थिए । मृतक नगेन्द्र चौघरीको कोठामा छ जना बस्ने गरेको भएता पनि पाँचजना साथीहरु 'डे सिफ्ट'मा डिउटी थियो । मृतक नगेन्द्रको भने नाईड डिउटी भएकोले उनि दिउसो कोठामै थिए  उनि एक्लै भएको अवस्थामा लुटेराहरुले लुटपाट गरि उनलाई तीन तलाबाट फालिदिएर फरार भए 

चौधरीको घटनास्थलमै मृत्यु भएको कम्पनीमा कार्यरत प्रकाश बस्नेतले जानकारी दिएका छन् । ‘उनीहरु मोटरमा चढेर आएका थिए रे तर नम्वर टिप्न सकिएन,’ उनले भने । 

तेल उत्पादन हुने उक्त कम्पनीमा ८० जना नेपालीहरु कार्यरत छन् । चौधरीको हत्यापछि कम्पनीमा कार्यरत सबै नेपालीहरु शोकाकुल भएका छन् । त्यसो त कामदारहरु उक्त घटनाबाट त्रसित भएका थिए । 

मलेसियाको कतिपय स्थानमा कम्पनीहरुले होस्टल सुविधा दिएता पनि सुरक्षा ब्यवस्था नगरीदिदा श्रमिकहरुले अकालमा नै मृत्यूवरण गर्नुपर्ने सम्भावना छ । मृतक नगेन्द्र चौधरीको शवलाई हाल स्थानिय प्रहरीले नियन्त्रणमा लिई हत्याराको खोजी गरीरहेको कुरा जानकारीमा आएको छ। घटना सम्वन्धमा नेपाली दूतावासमा जानकारी गराइसकेको छ । 

मृतक चौधरीको घरमा आमा, बुबा, श्रीमती र दुईजना नावालिका छोरीहरु छन् । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!