बाल क्लबले रोजेको सामाग्री पाए

Posted on: 06 Aug, 2016

श्रावण २२, दुबौलिया (नवलपरासी) | नवलपरासीको बडहरा दुबौलिया गाविसमा रहेका सामुदायिक तथा विद्यालय अन्तर्गतका बाल क्लबहरुले आज खेलकुद तथा शैक्षिक सामाग्रि प्राप्त गरको छन् । 

गाविसमा गठित गाविस स्तरीय बाल क्लब सक्रिय बाल सञ्जालले गरेको पुर्व निर्णय अनुसार आज गाविस सचिव टंकनाथ ज्ञवालीको प्रमुअ आतिथ्य तथा सञ्जालका अध्यक्ष प्रदिप ठाकुरको अध्यक्षतामा आज बाल भेला गरि खेलकुद तथा शैक्षिक सामागि वितरण गरिएको हो ।

कार्यक्रमका प्रमुख अतिथि गाविस सचिव टंकनाथ ज्ञवालीले बाल बालिकाहरुले हरेक क्रियाकलाप बालमैत्रि तरिकाले गर्नु पर्ने र बाल क्लबमा आबद्ध हुदा बालबालिकाहरुले पढाईलाई पनि त्यत्तिकै ध्यान दिनुपर्नेमा जोड दिनु भएको थियो । सचिव ज्ञवालीले बाल बालिकाको १५ प्रतिशत रकम बाल बालिकाको निर्णय अनुसार बालमैत्रि तरिकाले खर्च हुदै आएको बताउदै बालिकाहरुले हरेक क्रियाकलाप बालमैत्रि तरिकाले गर्नु पर्ने र बाल क्लबमा आबद्ध हुदा बालबालिकाहरुले पढाईलाई पनि त्यत्तिकै ध्यान दिनुपर्नेमा जोड दिनु भएको थियो । सिमावर्ति क्षेत्र रहेको उक्त गाविसमा सामुदायिक र विद्यालय स्तरका बाल क्बल गरि बडहरा ११ वटा बाल क्लबहरु रहेका छन् ।

बाल क्लबले रोजेको अनुसार क्यारम बोर्ड, चेस, स्कीपिङ्ग डोरी, भलिबल, नेट, फुटवल, सामान्य ज्ञान तथा बाल क्लब सम्बन्धि शैक्षिक सामाग्रि वितरण गरिएको गाविस सचिव ज्ञवालीले जानकारी दिनुभयो । सो गाविसमा वि.सं २०६७ साल देखि बाल सञ्जाल गठन गरि बाल क्लबहरुले नेतृत्व विकास तथा विभिन्न चेतना मुलक कार्यक्रम गर्दै आएका छन् । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!