कतारमा बसन्त फिल्मस् प्रालीद्वारा राष्ट्रिय कलाकार सम्मानित

Posted on: 09 Aug, 2016

कुमार अविरलपन्थी, कतार ।

बसन्त फिल्मस् प्रा.ली. दोहा कतारद्वारा राष्ट्रिय कलाकारहरु सम्मानित भएका छन । नमस्ते नेपाल हातेमालो सामाजिक सस्था शाखा कतारले आयोजना गरेको विविध सास्कृतिक कार्यक्रम २०७३ का लागि कतार आएका लोक पप, आधुनिक तथा लोक दोहोरी गयिका रीता केसी र लोक तथा दोहोरी गायक गोपीकृष्ण पँगेनीलाई बसन्त फिल्मस् प्रा.ली. दोहा कतारले एक कार्यक्रमका बीच दोशल्ला ओढाएर सम्मान पत्रले सम्मान गरेको हो ।

कार्यक्रममा बसन्त फिल्मस् प्रा.लीका प्रबन्ध निर्देशक ईश्वर काफ्लेले सभापतित्व गरेका थिए । साथै कार्यक्रममा मोना कतारका महासचिव तिलु शर्मा पौडेल प्रमुख अतिथि रहेका थिए । यसैगरी लोक पप, आधुनिक तथा लोक दोहोरी गयिका रीता केसी र लोक तथा दोहोरी गायक गोपीकृष्ण पँगेनी बिशेष अतिथि रहेका थिए । साथै सोहि अवसरमा कलाकारिता क्षेत्रमा आवद्ध तथा कलाकारहरुलाई माया गर्ने व्यक्तित्वहरुको उपस्थिती रहेको थियो ।

कतारमा बसन्त फिल्मस् प्रा.ली.ले अहिले सम्म ४ दर्जन बढी कलाकारलाई सम्मान गरि सकेको छ। साथै  कतारको सन्दर्भमा कलाकारहरुको सम्मान कार्यक्रममा पनि अग्र पङ्क्तिमा रहदै आएको छ । कतारमा बिभिन्न समयमा आयोजना हुने बिबिध सास्कृतिक कार्यक्रमहरुमा बिभिन्न देश तथा नेपालबाट आउने कलाकारहरुलाई फिल्मसले सम्मान गर्दै आईरहेको छ ।

कार्यक्रममा बोल्दै कलाकारहरुले नमस्ते नेपाल हातेमालो सामाजिक सस्था साखाकतारले अविस्मरणीय अवसर जुराई दिएकोमा धन्यवाद दिए । बसन्त फिल्मस् प्रा.लि.बाट सम्मानित हुन पाउदा आफुहरु निकै भाग्यमानी तथा खुसी भएको बताउदै सम्पूर्ण बसन्त फिल्मस् प्रा.लि. कतार टिम प्रति आभार प्रकट गरे । बसन्त फिल्मसले कलाकारहरुलाई सम्मान मात्र नभएर बिभिन्न म्युजिक भिडियोहरुलाई बजार ब्यबस्थापन तथा बिभिन्न समयमा आपत-विपदमा परेका दिन दुखिहरुलाई आर्थिक सहयोग समेत गर्दै आइरहेको छ ।

फिल्मसका प्रबन्धक निर्देशक तथा सम्मान कार्यक्रमका सभापती काफ्लेले कार्यक्रमलाई समापन गर्दै प्रवासमा रहेर पनि नेपाली कला र सँस्कृतीको जर्गेना तथा सम्मान गर्दै नेपाली कला संस्कृतिलाई टेवा पुग्ने काम गर्दै अगाडी बढ्ने कुरा बताए । कार्यक्रम सस्थाका सचिव शरद पाण्डेको संचालनमा सम्पन्न भएको थियो।

यस बिषयमा तपाइको प्रतिक्रिया...!