न्युयोर्कबाट फर्किए परराष्ट्रमन्त्री खड्का

Posted on: 29 Sep, 2021

असोज १३, काठमाडौं । परराष्ट्रमन्त्री डाक्टर नारायण खड्का आज स्वदेश फर्किएका छन। गत असोज ६ गते मन्त्री नियुक्त भएकै दिन संयुक्त राष्ट्रसंघको महासभामा भाग लिन अमेरिका गएका मन्त्री खड्का आज स्वदेश फर्किएको संयुक्त राष्ट्रसंघका लागि नेपाली स्थायी नियोगले जनाएको छ। 

 डाक्टर खड्काले हिजो संयुक्त राष्ट्रसंघको महासभालाई सम्बोधन गरेका थिए। डाक्टर खड्काले न्युयोर्कमा रहँदा भारतीय समकक्षीसँग पनि भेटवार्ता गरेका थिए। 

डाक्टर खड्कालाई जोन अफ केनडी विमानस्थलमा स्थायी  नियोगका अधिकारीहरुले विदाई गरेका थिए। 


यस बिषयमा तपाइको प्रतिक्रिया...!