डोटीमा नेपाल कम्युनिष्ट पार्टीका कार्यकर्ताद्वारा मिनि ट्रकमा आगजनी

Posted on: 13 May, 2017


बैशाख ३०, डोटी । डोटीमा नेत्र विक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका कार्यकर्ताहरुले शनिबार बिहानै मिनी ट्रकमा आगजनी गरेका छन् ।

बन्दको अबज्ञा गरेको भन्दै  शिखर नगरपालिका ८, गोल्मागाडमा मिनि ट्रकमा आगजनी गरेका हुन् ।

नेपालगंजबाट अछामको साफेबगर समान लिएर जादै गरेको भे १ ख ११५१ नम्बरको मिनि ट्रकमा विप्लवका कार्यकर्ताहरुले आगजनी गरेको बताइएको छ । 

आगजनीबाट ट्रक पुर्णरुपमा नष्ट भएको तिलताली प्रहरी चौकीले जनाएको छ ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!