डोटीका दुई वडाध्यक्षसहित जुवा खालबाट १० जना पक्राउ

Posted on: 02 Aug, 2023

साउन १७, कैलाली । जुवा खालबाट डोटीका दुई वडा अध्यक्षसहित १० जना पक्राउ परेका छन् । मंगलबार धनगढी उपमहानगरपालिका-४ बसपार्कमा रहेको कलेल होटलबाट पूर्वीचौकी गाउँपालिका- २ का वडाध्यक्ष योगेन्द्र ठकुल्ला र ५ का अध्यक्ष खडक साउद परेको जिल्ला प्रहरी कार्यालय कैलालीले जानकारी दिएको छ ।

तासजुवा खेलिरहेको बेला प्रहरीले एक लाख ४ हजार ८१० रूपैयाँसमेत बरामद गरेको छ ।

जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता प्रहरी नायव उपरीक्षक कुलदीप चन्दका अनुसार पक्राउ पर्ने अन्यमा होटल सञ्चालक तेजबहादुर कलेल, सिलगढी खानोपनी तथा सरसफाइका कर्मचारी ३० वर्षीय सुजित खड्का, पूर्वीचौकी-६ का पुरनबहादुर खड्का, देवबहादुर खड्का रहेका छन् ।

यस्तै गोदावरी नगरपालिका-३ का ३२ वर्षीय कुवेर खड्का, पूर्वीचौकी-२ का धनबहादुर विष्ट, ३५ वर्षीय अमित बोहरा र दिपायल-सिलगढी नगरपालिका-६ का अविनाश कठायतलाई पनि पक्राउ गरिएको छ ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!