विप्लव माओवादी, माओवादी केन्द्र र नयाँशक्ति बीच एकता !

Posted on: 26 May, 2017


जेठ १२, डोटी । दोश्रो चरणको निर्वाचन आगामी जेठ ३१ गते हुँदैछ । आगामी निर्वाचनमा होमिनेगरि डोटीमा विप्लव माओवादीका कार्यकर्ता सहित नेकपा माओवादी केन्द्र र नयाँ शक्तिबीच एकता भएको छ । नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको जिल्ला सचिवालय सदस्य बिरवहादुर थापा सहितका कार्यकर्ताहरुले निर्वाचनमा भाग लिने भएका हुन् । 

तीनै पार्टीका प्रभावकारी कार्यकर्ता तथा नेताहरु एक भएपछी त्यसै अनुसार निर्वाचनको तयारी हुँदैछ । नयाँ शक्ति नेपालका जिल्ला संयोजक शिव सिंह ओलीले नयाँ शक्तिबाट जिल्लाको सिङ्गो टीमलाई माओवादी केन्द्रमा एकीकरण गराएका छन् । एकीकरणपछी ओलीले डोटी जिल्लाबाट सुरु भएको अभियान अब देशब्यापी हुनुपर्ने धारणा राखेका छन् । नयाँ शक्तिको जिल्लाभरीको कार्यकर्ता आफैसँग तानिएको ओलीले दावी समेत गरेका छन् ।

यता डोटी जिल्लामा नयाँ शक्ति मात्र नभई विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका जिल्ला सचिवालय सदस्य एवम् अखिल क्रान्तिकारीका डोटी जिल्ला अध्यक्ष बिरबहादुर थापा, सचिवालय सदस्य योगेन्द्र खड्का लगाएत विप्लव माओवादीका कार्यकर्ताहरु पनि निर्वाचनमा भाग लिने गरि एकतामा आएका छन् । एकतासँगै डोटीमा माओवादी केन्द्रलाई शक्तिशाली बनाउने अभियान सुरु भएको बताइएको छ । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!