डोटीमा कांग्रेसको जित सुनिश्चितः बलायर

Posted on: 22 Jun, 2017

फजुल प्रचारवाजिमा भ्रम नपर्न आग्रह

प्रकाश बम | असार ८, डोटी | नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा सांसद वीरबहादुर बलायरले डोटीमा नेपालीको कांगे्रसको जित शुनिश्चित रहेको बताएका छन् ।

शिखर नगरपालिकामा कांग्रेसले गरेको बृहत आमसभालाई सम्बोधन गर्दै बुधवार उनले जिल्लाका सबै स्थानिय तहमा कांग्रेस अत्याधिकमतले बिजयी हुने बताएका हुन् । उनले भने, ‘नेपाली कांगे्रस सिधान्त,बिचार र त्यागका साथ अगाडी बढेको पार्टि हो ।’ अरु जस्तो हावाका भरमा चलेको पार्टी नभएको समेत सदस्य बलायरले दाबि गरे । 

मुलुकलाई परीवर्तनको संघारमा ल्याउने एक मात्र पार्टी कांगे्रस भएकोले स्थानिय तहको निर्वाचनमा मतदाताले त्यो कुरा बुझ्नु पर्ने बलायर बताए । कांगे्रसकै नेतृत्वमा संबिधान जारी भएको भन्दै कांगे्रसकै नेतृत्वमा कार्यान्ययन हुने समेत केन्द्रिय सदस्य बलायरले जिकिर गरे ।


बृहत आमासभामा सांसद भरत खड्का,कल्पना शोप,नेबिसंघका केन्द्रिय अध्यक्ष नैन सिँह महरले समेत सम्बोधन गरेका थिए । अब कांगे्रस भन्दा अरु पार्टिले देशलाई निकाश दिन नसक्ने बताएका थिए । प्रदेश नम्बर ७ को राजधानिका लागि कांगे्रस भन्दा अरु पार्टि नलागेको समेत उनले टिप्पणी गरेका थिए । पश्चिम सेतिलाई अगाढी बढाउन समेत प्रतिबद्ध रहेको बताएका थिए । छेपारो जस्तो प्रबृति फेर्ने पार्टिबाट सर्तक रहन समेत नेताहरुले सुझाएका थिए ।

नेपालि कांग्रेस शिखर नगरपालिकाले आयोजना गरेको कार्यक्रममा नेता योगे्रन्द्र शाहि, जिल्ला सभाति प्रदिप देउवा,नेबिसंघका उपाध्यक्ष पुष्प शाहि, मेयर पदका उम्मेद्धार सिताराम जोशि,उप मेयर धौलि रावल लगाएतका नेताहरुले कार्यक्रममा सम्बोधन गरेका थिए ।


यस बिषयमा तपाइको प्रतिक्रिया...!