डोटीमा एक बृद्धा मृत फेला

Posted on: 08 Jan, 2020

पुस २३, डोटी | डोटीको दिपायल सिलगढी नगरपालिका वडा नम्बर ७ पाकरीकी ८१ वर्षीय जमुनादेवि विष्ट मृत अवस्थामा फेला परेकी छन् | 

१६ गते सोही नगरपालिका वडानम्बर ५ स्थित बागठाटा नातनीको घर जान्छु भन्दै हिंडेकी उनी बेपत्ता भएपछि आफन्तले प्रहरीलाई खबर गरेको थियो | प्रहरीका अनुसार खोजि गर्नेक्रममा उनी मंगलबार दिउँसो बागठाटा  सामुदायिक वन स्थित द्वारी खोलामा मृत भेटिएकी हुन् |

उनको भीरबाट लडेर  मृत्यु भएको हुनसक्ने प्रहरीले जनाएको छ | घटनाबारे थप अनुसन्धान भइरहेको छ |

यस बिषयमा तपाइको प्रतिक्रिया...!