डोटीमा एम्बुलेन्स र मोटरसाईकल ठोक्किदा २ जना घाईते

Posted on: 09 Jan, 2020

पुस २४, डोटी | डोटीको जोरायल गाउँपालिका वडा नम्वर २ गरुडामा एम्बुलेन्स र मोटरसाईकल एकआपसमा ठोक्किदा २ जना घाईते भएका छन् | से १ झ ३०५ नम्वरको एम्बुलेन्स र से ४ प ५०९२ नम्वरको मोटरसाईकल एकआपसमा ठोक्किएका हुन् |

मोटरसाईकल चालक कञ्चनपुरको कृष्णपुर नगरपालिका वडा नम्वर २ बस्ने २३ बर्षिय राजु भण्डारी र मोटरसाईकलमा सवार सोही ठाउँका २६ बर्षीय गणेश बोहरा घाईते भएका प्रहरीले जानेको छ | 

जिल्ला प्रहरी कार्यालय डोटीका अनुसार भण्डारीको अवस्था गम्भिर भएकाले उपचारका लागि भारत रेफर गरिएको छ |

यस बिषयमा तपाइको प्रतिक्रिया...!