प्रगतिपथको साधारणसभा सकियो

Posted on: 02 Oct, 2016

असोज १६, सुरुङ्गा | झापाको कनकाई नगरपालिका–५, चप्रामारीस्थित प्रगतिपथ कृषि सहकारी संस्था लि.को १२ औं वार्षिक साधारणसभा सम्पन्न भएको छ । शनिबार स्थानीय भगवती निमाविमा भएको कार्यक्रममा अध्यक्ष नेत्रप्रसाद चिमरियाले प्रतिवेदन प्रस्तुत गर्दै १ करोड २२ लाख ६० हजार ३ सय ७६ रुपैयाँ बराबरको आय–व्यय विवरण सार्वजनिक गरे । 

जिल्ला सहकारी संघ झापाकी सल्लाहकार समिति सदस्य चम्पा सुवेदीको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा शेयर सदस्यहरु मध्येबाट ज्येष्ठ नागरिक, जग्गादाता, असल ऋणि, मेहनती किसान र एसएलसी परिक्षामा उत्कृष्ट अङ्क हाँसिल गर्ने विद्यार्थीलाई सम्मान समेत गरियो । सम्मानित हुनेहरुमा ज्येष्ठ नागरिकतर्फ अमृतमाया भट्टराई, मानवीर सार्की, जग्गादातातर्फ लक्ष्मीप्रसाद दाहाल, असल ऋणितर्फ पुण्यप्रसाद प्रसाईं, मेहनती किसानतर्फ विश्वनाथ सेलुवाल र सर्वोत्कृष्ट विद्यार्थीतर्फ रेखा बाँस्कोटा र मनिष रिजाल छन् ।

कार्यक्रममा संस्थापक अध्यक्ष छविलाल पोखरेल, भगवती निमाविका पूर्व विद्यालय व्यवस्थापन समिति अध्यक्ष ओम पाठक, वायोस्याण्ड फिल्टर उद्योगका ईश्वरप्रसाद दाहाल, शेयर सदस्य पुण्यप्रसाद ओझा र विद्यालयका प्रधानाध्यापक खड्ग विमलीले मन्तव्य राखेका थिए । उपाध्यक्ष सीताराम दंगालले स्वागत गरेको कार्यक्रमको सञ्चालन व्यवस्थापक मुक्तिप्रसाद पोखरेलले गरेका थिए । 


यस बिषयमा तपाइको प्रतिक्रिया...!