धनकुटामा विमानस्थल बनाउन प्रधानमन्त्रीसँग आग्रह

Posted on: 21 Oct, 2016


कात्तिक ५, काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहालसँग धनकुटा जिल्लाको सर्वदलीय एवम् सर्वपक्षीय टोलीले आज भेट गरी जिल्लाको विकास निर्माणमा सहयोग गर्न आग्रह गरेको छ । 

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा भएको भेटमा सो प्रतिनिधिमण्डलले जिल्लामा तत्काल विमानस्थल निर्माणका लागि आवश्यक तयारी र बजेटको व्यवस्था मिलाइदिन प्रधानमन्त्रीको ध्यानाकर्षण गराएको थियो । 

जवाफमा प्रधानमन्त्री दाहालले धनकुटामा विमानस्थल बन्दा पूर्वाञ्चलकै लागि सुखद सन्देश हुने भन्दै त्यसका लागि सरकारले आवश्यक पहल गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको प्रधानमन्त्रीको निजी सचिवालयले जनाएको छ । 

टोलीमा धनकुटाबाट प्रतिनिधित्व गर्ने सांसदहरु, विभिन्न पार्टीका नेता तथा नागरिक अगुवाहरुको सहभागिता रहको थियो । रासस 

यस बिषयमा तपाइको प्रतिक्रिया...!