काठमाडौँमा बल्यो पाइपलाइनबाटै ग्यास !

Posted on: 21 Oct, 2016


कात्तिक ५, काठमाडौँ ।  खानी तथा भूगर्भ विभागले शुक्रबार ललितपुरको इमालोलमा सफलतापूर्वक प्राकृतिक ग्यासको नमुना परीक्षण गरेको छ ।

खानी विभाग,पुल्चोक इन्जिनियरिङ्ग क्याम्पस र नास्टको संयुक्त परिक्षणपछि पहिलो पटक नेपालमै ग्यासको नमुना परीक्षण गरेको हो ।

सन् १९७८ मा स्थापित काठमाडौं ग्यास प्रोजेक्ट मार्फत् शुक्रबार ग्यासको नमुना परीक्षण गरिएको हो । विभागले इमाडोलसहित राजधानीका १४ स्थानबाट प्राकृतिक ग्यास उत्पादन गर्न सकिने बताएको छ ।

विभागले विभिन्न क्षेत्रको २६ वर्गाकिमीमा १४ वटा ग्यास वेल ड्रिल गरिसकेको छ । ग्यास वेल ड्रिल भएका क्षेत्रलाई तीन ब्लकमा बाँडिएको छ । इमाडोलमा तीन सय ५० मिटर गहिरो नयाँ वेल पछिल्लो वर्ष राखिएको हो ।

राजधानीमै भएको प्राकृतिक ग्यसको नमुना परीक्षणको शुक्रबार दिउँसो उद्योगमन्त्री नविन्द्रराज जोशीले निरीक्षण गरे । मन्त्री जोशीले प्राकृतिक ग्यासबाट आगो बालेर नमुना परीक्षण सफल भएको देखाए । यस अघि काठमाडौंमा २७ वर्षअघि नै जापानी नियोग जाइकाले प्राकृतिक ग्यास उत्पादन गर्न सकिने प्रतिवेदन दिएपछि त्यसको उत्खनन्को काम शुरु भएको थियो । तर सरकारी निकायले प्राकृतिक ग्यास निकाल्ने काममा चासो नदेखाएपछि बढ्न सकेको थिएन ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!