तिहार महोत्सवमा रामजी र सुगमको धमाका, दुई करोडको कारोबार

Posted on: 25 Oct, 2016

कात्तिक ९, बुटवल | नेपाल राष्ट्रिय उद्योग ब्यापार संगठन बुटवलको आयेजनामा बुटवलमा जारी राष्ट्रिय औधोगिक, कृषि, पर्यटन प्रबद्र्धन प्रदर्शनी तथा प्रथम तिहार महोत्सवमा मंगलबार चर्चित लोकदोहारी गायक रामजी खाँड र आधुनिक गायक सुगम पोखरेलले दर्शकलाई  छमछमी नचाएका छन् ।

गायक तथा मोडल रामजी खाँड स्टेजमा उक्लदै गर्दा उपस्थित दर्शकहरु उत्साहजनक  रुपमा उफ्रदै रामजीलाई हौसला दिए । जब रामजीले छल, छल पानी छल्कीयो भन्दै गीत गाउन थाले यता दर्शकको मन पनि छल्किन थाल्यो र छमछमी उठेर नाँच थालेका थिए । रामजीले महोत्सवमा आफ्ना नयाँ पुराना गरी आधा दर्जन जति गित गाएर दर्शकलाई मनोरन्जन प्रदान गरेका थिए ।

त्यस्तै आधुनिक गायक सुगम पोखरेलले आफ्नो दशै तिहार विशेष गीत लगायत अन्य गीतमार्फत दर्शकलाई भरपुर मनोरन्जन प्रदान गरे ।  उनले वर्षमा दिनमा नी ललै लगायतमा आधा दर्जन गीत प्रस्तुत गरेका थिए । मिस पवित्रा कण्डेलको साथमा बलराम सरकार हास्य जादुगरले जादु मार्फत मनारेन्जन प्रदान गरेका थिए । यस्तै लोकदोहारी प्रतियोगितामार्फत पनि र्दशकहरुले मनोरन्जन प्राप्त गरे मंगलबार हिमचुली दोहारी साँझ बुटवल र राष्ट्रिय लोक तथा दोहारी गीत प्रतिष्ठान रुपन्देही वीच दोहोरी घम्साघम्सुी भएकोमा  हिमचुली दोहोरी साझँ बुटवलले जिते हासिल गरेको साँस्कृतिक संयोजक गोविन्द गैरेले जानकारी दिए ।

मंगलबार अर्घाखाँची सिमेन्ट डान्स आइडल टप –६, फेशन–शो कार्यक्रम पनि भएको छ भने कुस्ती प्रतियोगिताको समापन गरी खेलाडीलाईहरुलाई  मायाको चिनोसहित  विदाई गरिएको संयोजक गैरेको बताए । यस्तै आज बुधबारको दिन चर्चित गायिका इन्दिरा जोशी र खुमन अधिकारीको  प्रस्तुती रहने र यस्तै लोकदोहारी तर्फ राष्ट्रिय लोक तथा दोहारी गीत प्रतिष्ठान स्या·जा र गोधुली  दोहोरी साँमm बुटवल वीच दोहोरी घम्साघम्सी हुने पनि उनले जानकारी दिए । 

दुई करोडको कारोबार

यस्तै महोत्सवमा मंगलबार मात्रै पौने दुई करोडको कारोबार भएको छ । मंगलबार अटो र स्टलमा उत्तिकै राम्रो कारोवार भएको होत्सव सचिवालयका संयोजक सिताराम रसाईलीले जानकारी दिए । मंगलबार २८ हजार दर्शक टिकट मार्फत महोत्सवमा प्रवेश गरेको र अन्य पास तथा अतिथिहरु पनि हजारौको संख्यामा प्रवेश गरी मेला अवलोकन गरेको उनले जानकारी दिए ।

कात्र्तिक १५ सम्म संचलन हुने महोत्सवमा गार्मेण्ट, जुत्ताचप्पल, होटल तथा रेष्टुरेण्ट लगायत दैनिक उपभोग्य बस्तुका स्टलहरुमा अवलोकनकर्ताको भिड बढेको रहेको छ ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!