स्वास्थ्य चौकीलाई १२ लाख मूल्यको जग्गादान

Posted on: 28 Oct, 2016

कात्तिक १२, बेनी (म्याग्दी) । ओखरबोट गाविसको एक स्वास्थ्यचौकीलाई स्थानीय एक व्यक्तिले १२ लाख मूल्य बराबरको जग्गादान गरेका छन् । स्वास्थ्यचौकीलाई जग्गा अभाव भएपछि ओखरबोट–४ का पूर्वप्रधानपञ्च तथा स्वास्थ्यचौकी व्यवस्थापन समितिका अध्यक्ष प्रेमबहादुर घर्तिमगरको परिवारले १२ लाख मूल्य पर्ने तीन रोपनी जग्गादान गरेका हुन् । 

“स्वास्थ्यचौकीलाई घर्तिमगरको परिवारले १२ लाख मूल्य बराबरको जग्गा दिनुभएको छ, भवनका लागि बजेटसमेत परेको जानकारीले थप उत्साहित छौँ,” स्वास्थ्यचौकी विकास समितिका सदस्य रेशम पुनले भन्नुभयो । 

स्वास्थ्यचौकी व्यवस्थापन समितिका अनुसार १२ लाख २२ हजार मूल्य बराबरको चार रोपनी तीन पैसा तीन दामको जग्गाको लालपुर्जा हस्तान्तरण भइसकेको छ । जिल्लाको दुर्गम क्षेत्रमा अवस्थित ओखरबोट गाविसमा नियमित सडक सञ्जाल सञ्चालन नहुँदा त्यहाँका बासिन्दाले सहज स्वास्थ्य सेवा पाएका छैनन् । रासस  

यस बिषयमा तपाइको प्रतिक्रिया...!