उवासंघ अध्यक्षद्धारा वुवाको स्मृतिमा धारा निर्माण

Posted on: 16 Nov, 2016

जितेन्द्र भण्डारी । मंसिर १, पाँचथर | उद्योग वाणिज्य संघ पाँचथर जिल्ला अध्यक्ष तथा समाजसेवी मित्र प्रसाद काफलेले स्वर्गिय वुवाको स्मृतिमा हेवा खोला घाटमा धारा निर्माण गरिदिनुभएको छ ।

आफनो स्वर्गिय बुवा रामप्रसाद काफलेको स्मृतिमा हेवा खोला घाटमा धारा निर्माण गरिदिनुभएको हो ।

विशेष गरी मलामीका लागि सहज होस् भन्ने उदेश्यले हेवा खोला घाट स्थलमा स्वच्छ पिउने पानीको ब्यावस्थाका लागी धारा निमार्ण कार्य गरिएको उहाँले वताउनुभयो ।

धारा निर्माणका लागि हेवा खोला घाट संरक्षण समितिले जग्गा उपलब्ध गराएको थियो ।  

यस बिषयमा तपाइको प्रतिक्रिया...!