समाचार प्रभाव :ओखलढुंगामा दुरुपयोग हुने सरकारी सवारी धमाधम कारबाहिमा पर्दै

Posted on: 17 Nov, 2016

मंसिर २ ओखलढुंगा । विदाको दिन दुरुपयोग गरी चलाईएका सवारी ओखलढुंगा प्रहरीले नियन्त्रणमा लिएर छाडेको छ । शनिबार सार्बजानीक बिदाको दिन सदरमुकामका बिभिन्न ठाँउबाट दुरुपयोग गरी चलाइएका ४ वटा सरकारी सवारीलाई ट्राफिक प्रहरीले नियन्त्रणमा लिएको हो । 

सार्वजानीक बिदाको दिन सरकारी साधनको दुरुपयोग गरी चलाइएका जिल्ला बिभिन्न कार्यलायका भ्यान र २ वटा मोटरसाईकल र रामेछापको एउटा सरकारी भ्यान केहि समय ट्राफीक  प्रहरी ओखलढुंगाले नियन्त्ररणमा लिएर आगामी दिनमा दुरुपयोग नगर्ने सर्तमा छाडेको बुझिएको छ । आगामीदिनमा सावारीको दुरुपयोग नगर्ने सर्तमा दिनभरी नियन्त्रणमा लिएर छाडिएको ट्राफीक प्रहरी ईन्चार्ज कुमार फुयालले बताउनुभयो । सरकारी सवारी दुरुपयोगका विषयमा गुनासो बढेपछि कडाई गरिएको भन्दै त्यस्तो पाईएमा कानुन अनुसार कारबाहि गर्ने उहाँको भनाई छ । ओखलढुंगामा सरकारी सवारीको चरम दुरुपयोग बढेको तर स्थानिय प्रशासन मौन बसेको समाचार साझा सबाल अनलाईन सहित विभिन्न सञ्चारमाध्यमबाट प्रकाशन प्रशारण भएको थियो ।

यो पनि पढ्नुहोस् http://sajhasabal.com/economy/11116 



यस बिषयमा तपाइको प्रतिक्रिया...!