निर्मल श्रेष्ठको नयाँ लोकदोहोरी गित भेट भयो ओखलढुंगामा छिट्टै बजारमा आउने

Posted on: 12 Dec, 2016


पूर्णप्रसाद न्यौपाने / मङ्सिर २७, ओखलढुंगा ।  ओखलढुंगाका निर्मल श्रेष्ठको नयाँ लोकदोहोरी गित भयो भेट ओखलढुंगामा छिट्टै बजारमा आउने भएको छ । निर्मलले सितारा म्यूजिक प्रालि मार्फत आफ्नो गित बजारमा ल्याउन लागेका हुन् । ओखलढुंगे युवा निर्मल श्रेष्ठको शब्द सिर्जना र भद्र नकालको लयमा रहेको लोकदोहोरी गितमा निर्मल केसी र पुर्णकला बि.सीले स्वर दिएका छन् । गित रेकर्ड भईसकेको भएपनि भिडियो समेत तत्काल बनाउने योजना रहेकाले भिडियो समेत फाईनल भएपछि गित सार्वजनिक गर्ने सर्जक श्रेष्ठले जानकारी दिनुभयो । उहाँका अनुसार भिडियोको छायाँङ्कन पनि ओखलढुंगामा हुने छ । निर्मलको सहयोगिका रुपमा सुस्मिता राजभण्डारी,राजकुमार श्रेष्ठ, सरीता सुनुवार,सुस्मिता राजभण्डारी, सुमन थापा,सन्तोेष अधिकारी, मीनबहादुर कार्की सुनिता अधिकारी,लुकहरी बास्तोला र सुजिता राजभण्डारी रहेको भिजन नेपाल ओखलढुंगा साप्ताहिकमा खबर छ ।





यस बिषयमा तपाइको प्रतिक्रिया...!