अगामि वर्षका लागि पक्लीहंवाको बजेट २ करोड ३१ हजार

Posted on: 13 Jan, 2017


पुस २९, नवलपरासी । नवलपरासीको पक्लीहंवा गाविसले अगामि आर्थिक वर्ष २०७४/०७५ का लागि बजेट, निति तथा कार्यक्रमहरु सार्वजनिक गरेको छ । 

गाविस सचिव बिष्णु प्रसाद ढकालको अध्यक्षता तथा जेष्ठ नागरिक धुर्वलाल शर्माको प्रमुख आतिथ्यमा आज भएको २१औं गाँउ परिषदवाट सचिव ढकालले अगामि वर्षका लागि रु २ करोड ३१हजार बराबरको निति तथा कार्यक्रमहरु सार्वजनिक गर्नु भएको हो । 

जस अन्तर्गत पुँजिगत खर्च तर्फ रु ७० लाख ५१ हजार, समाजिक सुरक्षा भत्ता तर्फ रु १ करोड १० लाख र संचालन तर्फ रु १४ लाख ५० हजार रहेको जानकारी गराउनु भयो । अगामि बर्षको कार्यक्रममा शिक्षा, स्वास्थ्य तथा पुर्वाधार बिकासका लागि बिशेष लगानी गरिएको छ । 

कार्यक्रममा निवर्तमान गाविस अध्यक्ष कृष्णनन्द चौधरी, अुनगमन समितिका संयोजक कृष्ण बहादुर थापा, रेडियो परासीका श्याप थापा, ओम प्रकाश जैसवाल लगायतले आ-आफनो धारणा राख्नु भएको थियो । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!