अपीनाम्पाले छ महिनाको अवधीमा डेढ करोड राजश्व संकलन गर्यो

Posted on: 10 Feb, 2017

माघ २८, दार्चुला  । अपिनाम्पा संरक्षण क्षेत्र कार्यालय दार्चुलाले चालु आर्थिक बर्षको ६ महिनाको अवधिमा डेढ करोड बढी राजश्व संकलन गरेको छ । चालु आर्थिक बर्षको पुस मसान्तसम्म कार्यालयले विभिन्न शिर्षकमा १ करोड ५० लाख ३४ हजार ७६ रुपँैया राजश्व संकलन गरेको अपि नाम्पा संरक्षण क्षेत्र कार्यालको लेखा शाखाले जनाएको छ ।

कार्यालयले बन पैदावार विक्री शुल्क बाफत १ करोड ४८ लाख २४ हजार ५ सय ६५ रुपैँया, विदेशी पदयात्री दस्तुर वाफत ६ हजार ७ सय ८० रुपैँया, लिलाम विक्री वाफत ९४ हजार ५ सय रुपैँया र टेण्डर विक्री तथा अन्य प्रशासनिक शुल्क वाफत १ लाख ८ हजार २ सय ३१ रुपँैया राजश्व संकलन गरिएको अपिनाम्पा संरक्षण कार्यालयले जनाएको छ ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!