सुनको भाउ घट्यो

Posted on: 19 Feb, 2017

फागुन ८, काठमाडौं । आइतबार सुनको भाउ तोलामा एक सय रुपैयाँले घटेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

सुन आइतबार तोलाको ५५ हजार ७ सय रुपैयाँमा कारोबार भइरहेको छ । शुक्रबार सुन तोलाको ५५ हजार ८ सय रुपैयाँमा किनबेच भएको थियो ।

आइतबार चाँदीको भाउ भने स्थिर रहेको छ । चाँदी आइतबार पनि तोलाको ८ सय २५ रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!