भेरी कर्णाली मध्यपश्चिम सहकारीहरुको १२औँ समिक्षा बैठक

Posted on: 04 Mar, 2017

फागुन २१, देउखुरी । भेरी कर्णाली मध्यपश्चिम कलष्टर प्रोवेशन सहकारीहरुको १२ औँ समिक्षा बैठक शनिवार सिसहनियाँमा सम्पन्न भएको छ । हरियाली बचत तथा ऋण सहकारी संस्थाको आयोजना एवम् नेपाल बचत तथा ऋण केन्द्रिय सहकारी संघ लि.को प्राविधिक सहयोगमा बैठक सम्पन्न भएको हो । 

संस्थाका अध्यक्ष शिवध्वज मल्लको अध्यक्षता एवम् नेपाल बचत तथा ऋण केन्द्रिय सहकारी संघ लि.का संचालक यज्ञप्रसाद ढकालको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा बोल्दै प्रमुख अतिथि ढकालले अहिलेको सरकारले सहकारीहरुलाई अंकुश लगाई बन्द गर्न खोजेकाले त्यसको विरोध गर्दै नयाँ सहकारी ऐन लागु नभए सहकारी आन्दोलन गर्ने चेतावनी दिएका छन् । साथै उनले सहकारीहरुलाई बलियो बनाउन सवै सहकारीहरु नेप्सुनमा आवद्घ हुन सुझाव समेत दिएका छन् । 

सो अवसरमा भेरी कर्णाली मध्यपश्चिम क्षेत्र भित्रका सहकारीकर्मीहरुले ३ महिनाको समिक्षा गर्दै आगामी दिनमा सहकारी संस्थाहरुलाई दिगो बनाउने बताएका छन् । सो अवसरमा जिल्ला बचत संघ सल्यानका अध्यक्ष धिरेन्द्र शाक्य,जिल्ला सहकारी संघ दाङका अध्यक्ष गोविन्द प्रसाद शर्मा, राष्ट्रिय सहकारी वैङक दाङका प्रर्वन्धक नारायण बेल्वासे लगायतका वक्ताहरुले शुभकामना मन्तव्य व्यक्त गरेका थिए । 

कार्यक्रमको सहजीकरण प्रोवेशन कार्यक्रम अधिकृत केशव दहाल र भरत न्यौपानेले गरेका थिए । संस्थाका उपाध्यक्ष मुमबहादुर रोकायको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको सञ्चालन संञ्चालक समितिका सदस्य राधा पाण्डेले गरेकी थिइन् ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!