एक हप्ते बाख्रापालन तालिम संचालन

Posted on: 23 Mar, 2017

पर्वत । महिलाहरुलाई आर्थिक रुपमा सक्षम बनाउनको लागि एक हप्ते बाख्रा पालन सम्बन्धी तालिम कुश्मामा शुरु भएको छ । 


महिलाहरुलाई आर्थिक रुपमा सक्षम बनाउँदै समाजमा महिलाहरुलाई नेतृत्व प्रधान गराउनको लागि उत्तर क्षेत्र अर्थात जलजला गाउँपालिकाका महिलाहरुलाई सो तालिम दिन लागिएको हो ।

महिला तथा बालबालिका कार्यालय पर्वतको अयोजना र जिल्ला पशु सेवा कार्यालयको प्राविधिक सहयोगमा सो तालिम दिन लागिएको हो ।  जलजला गाउँपालिका अन्तरगतका साविक लेखवलाँट वडा नं  १,२, ३, ४, ५ र ६ का गरी ४२ जना महिलाहरुलाई सो तालिमको आयोजना गरिएको निमित्त महिला विकास अधिकृत तारादेवि सुनुवारले जानकारी दिइन्. । 


गरिवी विरुद्ध महिला अभियान अन्तरगत महिलाहरुलाई सो तालिम दिइएको उनले    बताइन् । सो क्षेत्रमा रहेका ३२ समुह, ५ समितिका १६० जना महिलाहरु मध्ये विपन्न तथा   गरिब महिलाहरुलाई सो तालिम दिइएको उनले बताइन् । तालिममा  बाख्रापालन सम्बन्धी जानकारी तथा रोग र त्यसको  रोकथामको लागि जिल्ला पशु सेवा कार्यालयका प्रमुख सहित पशु चिकित्सकहरुले     सहजिकरण गरिरहेको उनले बताइन् ।


तालिम समाप्त पछि प्रत्येक महिलाहरुलाई जनही तीन हजार पाँच सयका दरले गरिवी विरुद्धको अभियान अन्तगत बाख्रापालनको लागि टेवा रकम दिने महिला तथा बालबालिका कार्यालय पर्वतले जनाएको छ । तालिम यहि चैत्र १४ गतेसम्म संचालन हुनेछ । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!