तेह्रथुमका लागि १ अर्ब ४५ करोड ९५ लाख २७ हजार विनियोजन (कुन स्थानीय तहलाई कति?)

Posted on: 30 May, 2017

प्रकाश धौलाकोटी | जेठ १६, तेह्रथुम | सरकारले आर्थिक वर्ष २०७४/०७५ मा पुर्वी पहाडी जिल्ला तेह्रथुमका लागि १ अर्ब ४५ करोड ९५ लाख २७ हजार रुपैयाँ विनियोजन गरेको छ । संघीय लोकतान्त्रिक संविधानअनुसार स्थानीय तह गठन भएपछि पहिलो पटक ल्याइएको बजेटमार्फत सरकारले स्थानीय तहमै बजेट पठाएको हो । 

सरकारले सार्वजनिक गरेको विवरण अनुसार जिल्लाका दुई नगरपालिकाका लागि वित्तीय समानीकरण र सशर्त अनुदानसहित गरी कुल ५१ करोड ४५ लाख ४० हजार रुपैयाँ र चार गाउँपालिकाका लागि ९४ करोड ४९ लाख ८७ हजार रुपैयाँ विनियोजन भएको छ । 

जिल्लाका नगरपालिकातर्फ सरकारले म्याङलुङ नगरपालिका लाई २७ करोड १२ लाख ९८ हजार रुपैयाँ र लालीगुराँस नगरपालिका नगरपालिकालाई २४ करोड ३२ लाख ४२ हजार रपैयाँ विनियोजन गरेको छ । 

यस्तै  गाउँपालिका तर्फ सबैभन्दा धेरै आठराई गाउँपालिकालाई ३१ करोड ३५ लाख ७४ हजार रुपैयाँ पठाएको छ । छथर गाउँपालिका लाई २३ करोड ७६ लाख ७५ हजार रुपैयाँ,  फेदाप गाउँपालिकालाई २३ करोड ९५ लाख ९७ हजार रुपैयाँ  र मेन्छ्यायेम गाउँपालिका लाई १५ करोड ४१ लाख ४१ हजार रुपैयाँ बजेट पठाएको छ । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!