नेपाल लाइफ बेष्ट म्यानेज्ड लाइफ इन्स्योरेन्स कम्पनी अवार्डबाट पुरष्कृत

Posted on: 24 Sep, 2017


असोज ८, काठमाडौँ । नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले लगातार चौथो पटक बेष्ट म्यानेज्ड लाइफ इन्स्योरेन्स कम्पनी अवार्डबाट पुरष्कृत भएको छ । 

न्यूबिजिनेस एजको आयोजनामा सम्पन्न “न्यूबिज बिजनेश कन्क्लेभ तथा अवार्ड २०१७” को अवसरमा यस कम्पनीलाई उक्त पदकबाट सम्मानित गरिएको हो । 

कम्पनीले गत आ.व. २०७३/०७४ को अवधिमा बैदेशिक रोजगार व्यवसाय समेत गरि प्रथम बर्ष बीमाशुल्क आम्दानी करिब रु.४२१ करोड भन्दा बढि हासिल गरेको तथा कुल बीमाशुल्क आम्दानी करिब रु.१२.२२ अर्ब हासिल गरेको छ । 

कम्पनीले समग्र जीवन बीमा क्षेत्रमा सर्वाधिक बजारहिस्सा ओगटी एक अग्रणी कम्पनीको रुपमा उभ्याउन सफल भएको छ ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!