बालाजु औद्योगिक क्षेत्रमा आगलागी

Posted on: 08 Oct, 2017

असोज २२, काठमाडौँ । बालाजु औद्योगिक क्षेत्रको प्लाष्टिक कारखानामा अहिले आगलागी भइरहेको महानगरीय प्रहरी वृत्त बालाजुले जनाएको छ ।

बेलुकी ५:१५ देखि लागेको आगो निभाउन एउटा दमकल आएको र अरू आउने क्रममा रहेको वृत्तका प्रहरी सहायक निरीक्षक चन्द्र पण्डितले जानकारी दिए । आगलागी कसरी भयो भन्ने थाहा हुनसकेको छैन ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!