मनकामनाको तीन गाउँमा पुनः निर्माण सम्पन्न

Posted on: 02 Nov, 2017

कात्तिक १६, नुवाकोट । किस्पाङ गाउँपालिका–५ साबिक मनकामनाको तीन वडामा २८८ निजी निवास निर्माण सम्पन्न भएको छ । 

निजी आवास निर्माणको जिम्मा पाएको अन्तर्राष्ट्रिय संस्था वल्ड रिन्यू र स्थानीय साझेदारी संस्था नारी जागरण समाजको आर्थिक र प्राविधिक सहयोगमा तीन वडामा रहेका सबै लाभग्राहीको आवास निर्माण पूरा भएको हो । 

लाभग्राहीलाई आवास निर्माणमा अनुदान सहयोग पु¥याउने जिम्मेवारी पाएको संस्थाले १८ महिनाको अवधिमा चरणबद्ध रुपमा किस्ता रकम उपलब्ध गराएर आवास निर्माण सम्पन्न गर्न सफल भएको वल्ड रिन्यूका अनुगमन, मूल्याँकन तथा समन्वयन अधिकृत रामसिंह तामाङले जानकारी दिनुभयो । 

“२७६ घरधुरी लाभग्राहीले आवास निर्माण सम्पन्न गरी अनुदान बापतको रु तीन लाख पाइसकेका छन्”, तामाङले भन्नुभयो, “दश घरधुरीले निर्माण सम्पन्न गर्न लागिरहेका छन् भने दुई घरधुरीले निर्माण शुरु गरिसकेकाले यो महिनाभित्र पूरा गरिसक्ने लक्ष्य राखेका छौँ ।”

 निर्माण सम्पन्न भएका घरमध्ये पिल्लरजडित घर ९०, ब्लक र सिमेन्टका १४९, ढुङ्गा र सिमेन्टका १७, ढुङ्गामाटोका तीन र ब्रिक र सिमेन्ट प्रयोग गरी २२ घर निर्माण गरिएको छ । निर्माण सम्पन्न भएको घरको पुनः निर्माण प्राधिकरण नुवाकोट कार्यालयबाट स्वीकृत भएसँगै आवास निर्माण सम्पन्नको प्रमाणपत्र हस्तान्तरणको प्रक्रियामा रहेको छ । 

आवास निर्माण सम्पन्नसँगै २६८ परिवार नयाँ घरमा बसोबास शुरु गरिसकेको वडाध्यक्ष नरहरी भट्टले जानकारी दिनुभयो । रासस

यस बिषयमा तपाइको प्रतिक्रिया...!