अब पर्बतको पाङराङदेखि बुटवलसम्म सीधा बस सेवा

Posted on: 04 Jan, 2018

पुस २०, फलेवास, पर्वत (रासस) | फलेवास नगरपालिकाका–११ पाङराङदेखि बुटवलसम्म सीधा बस सेवा सञ्चालनमा आएको छ । 

यही पुस १० गतेदेखि पाङराङदेखि स्याङ्जाको वालिङ हुँदै बुटवलसम्म वालिङ–हुवास यातायात समितिले बस सञ्चालनमा ल्याएको हो । आलोपालो गरी तीन डिलक्स बस सञ्चालन गरिएको समितिका सदस्य राधाकृष्ण पाठकले जानकारी दिनुभयो । 

बस सञ्चालन भएसँगै फलेवास नगरपालिकाका कुर्घा र पाङराङ तथा बिहादी गाउँपालिकाका सबै वडाका यात्रुले नियमित रुपमा यात्रा गर्ने गरेका छन् । 

हरेक दिन बिहान ६:४० देखि पाङराङको कर्नासबाट छुट्ने बस अपराह्न ३ बजे बुटवल पुग्छ । पाङराङदेखि बुटवलसम्मको भाडा रु ५५० कायम गरिएको छ । पाङराङबाट बुटवलसम्मका लागि सीधै बस सञ्चालनमा नहँुदा दुई दिन लगाएर कुस्मा–नारायणगढ हुँदै बुटवल पुग्नुपर्ने बाध्यता थियो । 

यसैगरी हरेक दिन बर्दघाटदेखि बुटवल, स्याङ्जा वालिङ हुँदै हुवास, रानीपानी, बाच्छा र पाङराङसम्मका लागि पनि बस सञ्चालनमा ल्याइएको समितिले जनाएको छ । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!