ठेकेदारको लापरवाहीका कारण डोल्पामा खाद्यान्न ढुवानी हुन सकेन

Posted on: 08 Jan, 2018

टेक शाही | पुस २४, साझासवाल | डोल्पा जिल्लामा ठेकेदारको लापरवाहीको कारण खाद्यान्न ढुवानी हुन सकेको छैन । आर्थिक बर्ष ०७४/०७५मा मात्रै डोल्पा जिल्लाका लागि २३ हजार ९ सय क्वीनटल चामल स्वीकृत भएको नेपाल खाद्य संस्थान शाखा कार्यालय डोल्पाले जानकारि दिएको छ । 

ओम जय दुर्गे जनरल अर्डर एण्ड सप्लार्यस लाटीकोइली सुर्खेत र ईन्द्रदीप कन्सट्रक्सन बिरेन्द्रनगर सुर्खेतले डोल्पाको लागि खाद्यान्न ढुवानीको लागि ठेक्का दिलएको नेपाल खाद्य संस्थान शाखा कार्यालय डोल्पाका प्रमूख हरि प्रसाद जोसिले जानकारि दिए । 

नेपालगञ्ज, दाङ, सुर्खेत र जुम्लाबाट डोल्पा सम्म ढुवानीको लागि जिम्मा लगे पनि दुबै ठेकेदारले हालसम्म चामल डोल्पा शाखाको गोदाम सम्म पुराउन सकेका छैनन । बाटोको समस्या,ढुवानीको साधन नभएको,भाडादर नमिलेको जस्ता बिभिन्न बहानामा हरेक बर्ष डोल्पाको खाद्यान्न ढुवानीमा ठेकेदारले लापरवाही गर्ने गरेको नेपाल खाद्य संस्थानले जानकारि दिएको छ । 


यस आर्थिक बर्षमा जम्मा जिल्ला भरिमा १ हजार क्वीन्टल मात्र चामल ढुवानी भएको शाखा प्रमूख जोसीले जानकारि दिए । उनका अनुसार बारम्बार ताकेता गदाए पनि ठेकेदारले डिपो कार्यालयमा चामल ढुवानी नगरे पछि दशै देखी नै जनताले चामल खान नपाएको बताउछन । 

डोल्पाका सबै डिपोको लागि जिम्मा आफुहरुले लिएको तर सडकको असजता र ढुवानी गर्ने साधनको समस्याका कारण समयमा ढुवानी हुन नसकेको ईन्द्रदीप कन्सट्रक्सन मालिक जबानसिँ बुढाले बताए । उनले भने अब छिट्टै ढुवानी गर्नको लागि प्रयास गरि रहेको तर ढुवानीका साधनहरुसंग कुरा नमिलेको कारण रोकिन गएको बताए । 

आर्थिक बर्ष ०७४÷०७५ मा दुनै डिपोमा १४ हजार क्वीन्टल,जुफाल,लिकु,काईगाउ र सर्मि गरि प्रत्यक डिपोमा १ हजार ८ सय क्वीन्टल त्यसै गरि माथिल्लो डोल्पाको तिन्जे डिपोमा ४ हजार ५ सय क्वीन्टल केन्द्रबाट स्वीकृत भएको छ । तर हाल सम्म डोल्पामा १ हजार क्वीन्टल मात्र चामल दुनै र जुफाल डिपोमा पुगेको नेपाल खाद्य संस्थान डोल्पा शाखाले जानकारि दिएको छ ।  


अघिल्लो आर्थिक बर्षमा जिल्ला भरिमा गरेर २० हजार क्वीन्टल चामल ढुवानी भइ बितरण भएको थियो । अघिल्लो बर्षमा ३ महिनाको अन्तरमा बितरण भएको चामल यस बर्ष ५ महिना बिति सक्दा पनि ठेकेदारले ढुवानी नगरे पछि जनताले चामल पाएका छैनन । 

प्रति परिवार ३ केजिका दरले प्रत्यक महिनामा चामल पाउनु पर्ने भए पनि डोल्पाका जनताले ५ महिना बितिसक्दा पनि चामल पाएका छैनन । दैनिक जसो जनताहरु खाद्यको गोदाममा प्ुग्दा गोदाममा चामल नभएर पछि खाली हात फर्काउनु पर्ने बाध्यता रहेको जिल्ला शाखा प्रमूख हरि प्रसाद जोसी बताउछन । 

खाद्यको चामल र नुनको लागि राजनितिहूने डोल्पामा पछिल्लो समय चामल बितरण हुन नै छोडे पछि राजनितिकदलका नेताहरु पनि मौन बसेका छन । पार्टिको नाममा ठुलो सख्यामा सिफारिस लेख्ने नेताहरुले ५ महिना सम्म जनताले चामल नपाउदा समेत कानमा तले राखेर बसेको नागरिहरुको आरोप छ । 

ठेकेदारले समयमा ढुवानी नगरे पछि माथिल्लो डोल्पाका साविकका २ गाविस छार्का र मुकोटका जनताले आर्थिक बर्ष ०७२÷०७३ देखि चामल खान पाएका छैनन । तिन्जेको मरिम क्याटो सम्म चिनबाट ढुवानी गर्ने तर छार्का र मुकोटबाट मरिम सम्म गएर ढुवानी गर्न नसक्ने भएकोले २ आर्थिक बर्ष सम्म त्यस क्षेत्रका जताले नेपाल सरकारले अनुदान दिने चामल खान नपाएको नेपाल खाद्य संस्थानले शाखा कार्यालय डोल्पाले जानकारि दिएको छ । 


सडकले नछोएको जिल्ला डोल्पामा खाद्यन्नको ढुवानी गर्नु पर्ने बाध्यता रहेको छ । भौगोलिक तथा क्षेत्रफलमा ठुलो जिल्ला भए पनि खोती योग्य जमिन जम्मा १ दशमलव ५ प्रतिशत मात्र रहेकोले नेपाल सरकारको खाद्यान्नमा भर पर्नु पर्ने बाध्यता रहेको छ । 

सरोकारवाला निकायले ठेकेदारलाइ ताकेता नगरे पछि हरेक बर्ष डोल्पामा आउने चामल ढुवानी हुन सक्दैन । अघिल्लो बर्षको करिव १ हजार ९ सय क्वीन्टल चामल यस बर्ष मात्रै जिल्लामा पुगेको शाखा प्रमूख जोसीले जानकारि दिए । ढुवानीका लागि ठेक्का खुले पछि कामको लागि कम दररेटमा जिम्मा लिने तर पछि बिभिन्न बहाना गर्ने र ठेकेदारले समयमा ढुवानी नगर्ने गदृछन । 

एकै पटक मात्र अन्न बाली उत्पादन हुने र त्यो बालिले बर्ष भरि खान नपुग्ने भएको कारण जनताले खाद्यान्नको चामलको माग गरि रहनछन । तर जनताले जति नै माग गरे पनि नेपाल खाद्य संस्थान भन्दा माथिल्लो साशन चलाएर ठेकेदारले ढुवानी नगर्दा करिव ४० हजार जनताको दैनिकि खोसिदै गएको छ । यहि इस्थीतिमा गएमा यस आर्थिक बर्षमा पनि ४० प्रतिशत मात्र खाद्यान्न ढुवानी हुने देखिएको छ । 


यस बिषयमा तपाइको प्रतिक्रिया...!