खोटाङको बाकाचोलमा ढुंगा माटो उत्खननमा रोक

Posted on: 08 Feb, 2018

चिसाङ शेर्पा/माघ २५, खोटाङ । जिल्लाको उत्तरीक्षेत्रमा अवस्थित ऐसेलुखर्क गाउँपालिका–२ बाकाचोलमा ढुंगामाटो उत्खननमा रोक लगाइएको छ । 

वडाभित्रका विभिन्न ठाउँबाट अबैधरुपमा ढुंगा माटो उत्खनन गर्दै निकासी भइरहेको पाइएपछि वडा कार्यालयले प्राकृतिक श्रोत उत्खननमा रोक लगाएको हो ।

वडाको कच्ची सडकको कुनाबाट गरिएको उत्खननले सवारी साधनको आवागमनमा समेत अवरोध पुगेकाले ढुंगामाटो उत्खननमा रोक लगाइएको बाकाचोलका वडाध्यक्ष सन्तबीर तामाङले बताउनुभयो । 

गत १४ गतेको बैठकको निर्णय अनुसार वडा कार्यालयले कच्ची सडकमा पानी नछोड्न वडाबासीलाई आग्रह गरेको छ । जथाभावी छाडिएका पानीले सडक हिलाम्मे हुँदा सवारी साधन गुड्न असहज भएको वडाध्यक्ष तामाङले बताए । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!