जहदामा बाढीपीडित राहतमा अनियमितता

Posted on: 29 Mar, 2018

चैत १५, बिराटनगर | (रासस) | मोरङको जहदा गाउँपालिकाका बासिन्दाले जनप्रतिनिधिले बाढी पीडितको रकम वितरणमा भेदभाव गरेको भन्दै बुधबार यहाँ विरोध जनाएका छन् । 

बाढी पीडितले बुधबार विराटनगरमा पत्रकार सम्मेलन गरी वडा नं १ का वडाअध्यक्ष प्रदीपचन्द्र यादवले सरकारले बाढी पीडितलाई दिएको रकम आफनो नातापर्ने भारत फारबिसगञ्जमा बस्दै आएका समेतको नाम लेखेको आरोप स्थानियवासी सानदेव सरवरियाले लगाउनुभयो । 

जहदा गाउँपालिकाका वडाअध्यक्ष यादवले वास्तविक बाढी पीडितहरुलाई राहत रकम नदिएर कमिशनका लागि आफूखुुशी रकम वितरण गरेको भन्दै स्थानीयवासीले अख्तियारमा उजुरीसमेत गरेका छन् । 

गत साउनको अन्तिम साता आएको बाढीबाट क्षति भएकाको राहतका लागि नेपाल सरकारले राहत वितरण कार्यक्रम ल्याएको हो । 

राहत वितरण कार्यमा जनप्रतिनिधिले नै गलत कार्य गर्न थालेपछि कतिपय स्थानमा राहत वितरण अन्यौलमा परेको छ । 

वास्तविक बाढी पीडितलाई राहत दिनेभन्दा राजनीतिक आस्थाका आधारमा राहत वितरणको तयारी भइरहेको स्थानीयवासीले आरोप लगाएका छन् । 

स्थानीय सुुरेन राजवंशीले वडाअध्यक्षले रु १५ हजार राहत दिनका लागि रु १० हजारसम्म कमिशन लिने गरेको गुुनासो गर्नुुभयो । 

सोही ठाउँका कलानन्द ऋषिदेवले बाढीले सबै घरबार बगाउँदासमेत अहिलेसम्म कुनै राहत नपाएको गुनासो व्यक्त गर्नुभयो । 

एक नम्बर वडामा लिएको तथ्यांक अनुुसार बाढीबाट ३६५ घर पूर्णक्षति र ५०२ घर आंशिक क्षति भएको थियो । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!