प्रदेश ३ लाई समृद्ध बनाउन प्रदेशभरीका नागरिकसँग सुझाव माग, यसरी दिन सकिन्छ सुझाव

Posted on: 31 Mar, 2018

चैत १७, काठमाडौँ | प्रदेश ३ लाई सवल, सक्षम एवम् समृद्ध बनाउन प्रदेशभरीका नागरिकसँग सुझाव मागिएको छ ।

प्रदेश ३ ले आगामी ५ बर्ष भित्रमा अवलम्बन गर्नुपर्ने नीति तथा मुख्य कार्यक्रम, आर्थिक वर्ष २०७४/७५ को बाँकी अवधिको लागि संक्षिप्त कार्यक्रम र आर्थिक वर्ष २०७५/७६ को लागि नीति, कार्यक्रम र बजेट तर्जुमा गर्नको लागि सुझाव माग गरेको हो । प्रदेश सरकार मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय हेटौडाले यस बिषयमा सूचना जारी गर्दै प्रदेश ३ का बुद्धिजीवी, उद्योगी, व्यवसायी, किसान, श्रमिक, अनुसन्धाता, पेशाविद, सरोकारवाला र सबै सर्वसाधारणहरुलाई नीति, योजना तथा कार्यक्रमबारे सुझाव दिन आग्रह गरेको छ ।  

'सर्वसाधारणले दिगो एवम् सन्तुलित आर्थिक, सामजिक एवम् भौतिक विकासका साथै महिला, वालवालिका, युवा, ज्यष्ट नागरिक, अपाङ्गता भएका व्यक्ति सहिद परिवार, सामाजिक एवम् आर्थिक रुपले पिछडिएका बर्ग र सर्वसाधारणको जीवनस्तरमा उल्लेख्य सुधार ल्याउन सहयोग पुग्ने खालका प्रदेश सरकारका कार्यक्षेत्र भित्र पर्ने नीति, योजना, कार्यक्रमहरु तर्जुमा गर्नका लागि सुझावहरु आव्हान गरिन्छ ।' सूचनामा उल्लेख गरिएको छ । 

सुझाव पठाउनको लागि इमेल मार्फत [email protected] वा मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय हेटौडा, मकवानपुरको ठेगानामा पत्र पठाउन सकिने जनाइएको छ । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!